Kath khabar
अरिंगालले टोकेर सल्यानमा आमाछोरीको मृत्यु


              सल्यान, कात्तिक १। सल्यानको सिद्ध कुमाख गाउँपालिकामा अरिंगालले टोक्दा आमा छोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्ध कुमाख-१ हममपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी दुई वर्षीया छोरी प्राप्ति बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनीहरुलाई सोमबार साँझ खेतमा धान काटी घर फर्किने क्रममा बाटोमा अरिंगालले टोकेको थियो । प्राप्तिको उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भएको र आमाको भने आज मंगलबार बिहान कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

अर्का घाइते २१ वर्षीय नवीन बस्नेतको श्रीनगर स्थित परोपकार हस्पिटलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update