Kath khabar
‘लाखे’ को आइटम गीतमा सौगात, अनुप, आर्यन, सुक्मितदेखि र सुशीलसम्म


            काठमाडौं, कात्तिक १। सस्पेन्स थ्रिलर जनराको प्रतीक्षित फिल्म ‘लाखे’ मा समाबेश ‘ऐया बाबा तिम्रो पिरेम’ सार्वजनिक गरिएको छ ।

कार्तिक १८ गते प्रदर्शन हुने फिल्मको आइतबार राजधानीमा आयोजित प्रेसमिटमा सो गीत प्रदर्शन गरिएको हो । सदीक्षा कट्टेल र हर्कुलस बस्नेतको स्वर तथा हर्कुलसकै शब्द, संगीत रहेको गीतको भिडियोमा सौगात मल्ल, अनुपबिक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रक्षा बुढाथोकीका साथमा सुक्मित घिसिङलाई प्रस्तुत गरिएको छ ।

कार्यक्रममा अभिनेता अनुपविक्रम शाही, प्रशान्त ताम्राकार, अर्पण थापा, आर्यन अधिकारी, संजोग राणा, रोहित रुम्बा, सुक्मित घिसिङलगायतले ‘लाखे’ मनोरञ्जनको प्याकेज रहेको बताए । उनीहरूले आम दर्शकले मन पराउने विषयमा फिल्म निर्माण गरिएको जनाउदै सबैलाई ‘लाखे’ हेर्न निमन्त्रणा गरे । पोस्टर तथा ट्रेलरबाट दर्शकलाई कुतूहलता जगाउन सफल ‘लाखे’ को यो गीत पनि सबैलाई मन पर्ने विश्वास निर्माण टिमको छ । फिल्मका निर्माता त्रय डिपी भण्डारी, हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी (जिएम) ले आफूहरू नयाँ भए तापनि फिल्म मजबुत बनेकाले ‘लाखे’ पछि पनि निरन्तर निर्माणमा लाग्ने प्रतिबद्धता दोहोर्याए । कोरियोग्राफर कविराज गहतराजले आफ्ना विगतका गीतहरू झै यो आइटम पनि दर्शकको मन मस्तिष्कमा बस्ने दावी गरे ।

डेंगु सङ्क्रमणका कारण निर्देशक सम्राट बस्नेत र गीतका क्यामेराम्यान सौरभ लामा उपस्थित हुन नसकेको कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदीलगायतले ‘लाखे’ लाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुजन प्रजापतिले खिचेका हुन् । सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सगुन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा रहेको फिल्मको द्धन्द्ध पनि निर्देशक सम्राटले नै निर्देशन गरेका छन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।

औरियन प्रोडक्सनले ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मको पटकथा आकाश बरालले हुन भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

हेर्नुस् गीत–
https://www.youtube.com/watch?v=3ULcB-TM0cQ

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update