Kath khabar
काठमाडौं महानगरभित्रका व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने

                

                काठमाडौं, कात्तिक २ । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय दर्ता गर्नुपर्ने भएको छ ।

महानगरपालिकाको राजश्व विभागले सार्वजनिक सूचना जारी गर्दै व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने जनाएको हो । महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएको सूचनामा उल्लेख गरिएको छ। महानगरले ३० दिनभित्र नजिकको वडा कार्यालयमा गएर व्यवसाय दर्ता गर्न आग्रह गरेको छ ।

अनुगमनका क्रममा महानगरमा दर्ता नगराइ व्यवसाय सञ्चालन गरेको पाईएमा बन्द गरी जरिवानासमेत असुल गर्ने चेतावनी महानगरले दिएको छ ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update