काठमाडौं, कात्तिक २। अमेरिकन रियालिटी टेलिभिजन शो ‘द भ्वाइस’को ब्याटल राउन्डमा नेपाली मूलकी परिजिता बाँस्कोटाले जित हासिल गरेकी छिन् । उनी शोको नकआउट राउण्डमा प्रवेश गरेकी छिन् । उनले प्रतिस्पर्धामा ‘हाउ डिप इज योर लभ’ मा आफ्नो प्रस्तुती दिएकी थिइन् । उनले दुई प्रतिस्पर्धी केसी र लिन्जीलाई पछि पोरर शोको नकआउट राउण्डमा प्रवेश गरेकी हुन् ।
नेपाली मूलकी १७ वर्षकी बास्तोलाले अमेरिकामा भइरहेको ‘द भोइस’को ब्लाइण्ड अडिसनमा तहल्का मचाएकी थिइन् । उनी ‘द भोइस’ मा पर्फोमन्स दिने पहिलो नेपाली किशोरी हुन्। ब्लाइन्ड अडिसनमा उनले ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाउँदै गाउन सुरु गरेको केहि क्षणमा नै चारै जना कोचको कुर्सी घुमाउन सफल भएकी थिइन् ।
ब्लाइन्ड अडिसनदेखि नै चर्चामा रहेकी परिजिताले ब्लाइन्ड अडिसनमा गायक ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाउँदै चारै जना कोचको कुर्सी घुमाउन सफल भएकी थिइन् ।