भारतीय सेनाको हेलिकप्टर अरूणाञ्चलमा दुर्घटना
अरूणाञ्चल, कात्तिक ४। चीनसँग सीमा विवाद रहेको भारतको पूर्वोत्तर राज्य अरूणाञ्चलमा शुक्रबार भारतीय सेनाले आफ्नो एउटा चित्ता हेलिकप्टर अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाएको छ ।
हेलिकप्टरमा २ जना पाइलट रहेका पीआरओ डिफेन्स तेजपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै घटना बिहान १० बजे भएको र हेलिकप्टर नियमित निरीक्षणमा रहेको बताएका छन् । दुर्घटना भएको ठाउँमा सडक पुगेको छैन।
दुर्घटनाको कारण भने खुल्न नसकेको सेनाले जनाएको छ । उद्धारका लागि अर्को टोली पठाइएको र दुर्घटनाको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९ १३:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय