Kath khabar
‘डिसेम्बर फल्स’ को दमदार फर्स्टलुक सार्वजनिक


                  काठमाडौं, कात्तिक ६। प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्म डिसेम्बरमै अर्थात ३० डिसेम्बरमा (पुष १५ गते) देशव्यापी प्रदर्शन हुनेछ ।

युवानिर्माता रामप्रसाद रिजालको पाँचौ फिल्म ‘डिसेम्बर फल्स’ को शुक्रबार दुई प्रकारका पोस्टरसँगै प्रदर्शन मिति खुलाइएको हो । सार्वजनिक एउटा पोस्टरमा अभिनेता आर्यन र अर्कोमा अभिनेत्री उपासना एकल रुपमा प्रस्तुत भएका छन् । आर्यन ‘एक्सन-रियाक्सन’ मा देखिएका छन् भने उपासना घाइते अवस्थामा तनावग्रस्त देखिन्छिन् । दुवै पोस्टरले अहिले चर्चा पाइरहेका छन् ।

अभिनेता आर्यन केही समयको अन्तरालपछि ‘डिसेम्बर फल्स’ मार्फत पर्दामा छाउदैनन् भने उपासना पछिल्लो समयकी सर्वाधिक सफल हिरोइन हुन् । उनी अभिनीत अहिलेसम्मका सबै फिल्म सुपरहिट भएका छन् । आर्यन र उपासनालाई पहिलो पटक यही फिल्ममा सँगै हेर्न पाइदैछ । भारतीय फिल्म उद्योगमा कार्यरत व्यस्त निर्देशक प्रवीण झाद्धारा निर्देशित फिल्ममा आर्यन, उपासना,सुमन थापा रोहित, नरेश भट्टराईका साथमा सलोन बस्नेत, शिबहरि पौडेल, नागेन्द्र रिजाल, शिसिर राणालगायतका कलाकारको अभिनय छ ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् भने कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको फिल्मलाई भारतीय छायाँकार महेश आर गुप्ताले खिचेका हुन् । बिपीका खनालको कथा, केदार भुसाल र प्रतीक पौडेलको पटकथा र सम्वाद रहेको फिल्मको सम्पादन बनिष शाहले गरेका छन् । दीपक शर्मा, कोसिस क्षेत्री, सुसान्त गौतम र प्रतीक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियाग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैछन् ।


 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update