काठमाडौं, कात्तिक ६। निरन्जन थापा : पटक पटक जित्ने देशमा भ्रष्टाचार बेथिति बिसँगतीलाई संस्थागत गर्ने पार्टी लाई नै भोट गर्ने हो भने तपाइहरुले हालेको मतको कुनै अर्थ हुन्न...... भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तथा जुझारु युवा नेता निरन्जन थापाले ललितपुर - ३ बाट 'नेपाल र नेपालीको लागी मंसिर ४ गते मतदान गरौँ' भन्दै यसपालिको प्रतिनिधिसभामा आफ्नो उम्मेदवारी दिनु भएको छ।
काठ संवाददातासँग गरिएको कुराकानीको संक्षिप्त वार्ता :
तपाई आफ्नो मतदातालाई कसरी चिनाउनुहुन्छ ?
०६२ ०६३ साल देखी राज निती मा सकृय म यो देश मा राजसंस्था र सनातन हिन्दू राज्य हुनु पर्छ भन्ने मान्यता राख्दछु र ०६२ - ०६३ को मार्ग चित्र गलत छ अब देश को शान्ति र समृद्धि को लागी राष्ट्रिय एकता अपरिहार्य छ । राजनीति, राजनीतिक दल को स्वार्थ र सत्ताको लागी होइन देशको बिकाश र जनताको सेवाको लागी हो भन्ने ठान्दछु यसैकारण म आम मतदाताहरू लाई जनता को सेवक भनेर चिनाउन चाहन्छु ।
तपाईको यो क्षेत्रमा उम्मेदवारी किन ?
हाल देश मा विद्यमान भ्रष्टाचार विसंगति विकृति अन्त्य को लागी दलहरूले गरेका प्रतिवद्धताहरू पुरा नगरेका र जनअपेक्षा अनुसार काम गर्न नसकेका कारण राप्रपा बाट मेरो उम्मेद्वारी हो । २०४६ को परिवर्तन र ०६२ - ०६३ को परिवर्तन पछि पटक पटक यो क्षेत्रमा एमाले, कांग्रेसी, नेकपा र माओवादीले जित हासिल गर्दा पनि जनता को समस्या, यो क्षेत्रको समस्यामा कुनै सुधार नदेखिएको कारण यस क्षेत्रका जनतालाई प्राथमिकतामा राखेर स्वास्थ्य, शिक्षा, वातावरण, रोजगारी, धर्मसंस्कृतिको रक्षा, भौतिक पूर्वाधारहरू निर्माण, कृषि, हस्तकला बस्तुकला, पर्यटन र समग्र विकासको लागी र यो क्षेत्रलाई नमुना क्षेत्र बनाउने मेरो उद्देश्यको लागी जनताको सेवा गरेर विकासको अनुभूति दिलाउनको लागी मेरो उम्मेद्वारी हो ।
तपाईलाई भोट किन हाल्ने ? (प्रतिवद्धता)
प्रजातन्त्रको नाममा लोकतन्त्र गणतन्त्रको नाममा देशमा अनेकौ परिवर्तन भए, कांग्रेस, एमाले, माओबादी मधेशवादी सबै दल पटक पटक सरकारमा पुगे तर जनताको जनअपेक्षा अनुसार काम हुन सकेन देशको अवस्था झन् झन् बिग्रदै गयो हाम्रो धर्मसंस्कृति माथी प्रहार गरेर धर्मान्तरण बढ्यो, राजसंस्थालाई बिकाशको बाधक भनेर पाखा लगाउदा समेत दलहरुले देश र जनताको अवस्था सुधार गर्न सकेनन् न बेरोजगारी घट्यो, भ्रष्टाचार बढ्यो रोजगारी नभएर युवाहरु बिदेशिन बाध्य परियो, केबल साशन सत्तामा जाने र देश को सम्पती ब्रम्हलूट गर्ने काम मात्र भयो । जनतालाई मालिक बनाउन्छु भन्ने यी दलहरुले आफू मालिक बनेर महंगीको भार, जनतालाई दुख:पिडा दिइरहेका छ्न । संघियताको नाममा देशको अर्थतन्त्र ध्वस्त भइसक्यो यसर्थ यी सबै समस्याहरुको समाधनको निम्ती सनातन हिन्दू राज्य राजसंस्थाको निम्ती र राजसंस्था र हिन्दू राज्यको जगमा पनि नेपाललाई समृधीमा लान सकिन्छ देश र जनताको सेवा गर्न सकिन्छ स्वास्थ, शिक्षा, रोजगारीलाई सर्वसुलभ बनाउन सकिन्छ जनताको सुख दुखको साथी बनेर यो क्षेत्रलाई देशकै नमुना क्षेत्र बनाउन सकिन्छ । जनताका दैनिक जीवन संग जोडिएका काममा सहजता ल्याउन सकिन्छ र अरु पार्टीले सपना र अश्वासन मात्र बाडे, हामी काम गर्छौ र हामीले गरेका प्रतिवद्धता पुरा गर्छौ । यसकारण आदर्णिय जनतालाई म लालितुर क्षेत्र नं ३ मा हलो चिन्हमा मतदान गर्नुहोस, मलाई भोट हाल्नुस भन्न चाहान्छु ।
जित्नुभयो भने के गर्नुहुन्छ ? (अपेक्षा)
आम जनताले मलाई मत हालेर बिजय गराउनु भयो भने सर्बप्रथम त म जनतालाई, म तपाईको सेवक हुँ भनेर अभाष दिलाउछु । मेरो क्षेत्रमा रहेका स्कुल, अस्पताल, उद्योगधन्दा कलकारखानामा जनताको पहुँच पुग्ने सर्व सुलभ स्वास्थ, शिक्षा, उपचार र रोजगार पाउने ब्यबस्था को निम्ती पहल गर्छु । बृद्धबृद्धा, बालबलिका र युबाहरुको लागी आवश्य कुराहरु स्वास्थ, शिक्षा र रोज्गारीको लागी पहल गर्छु । मेरो क्षेत्रमा रहेका मठ मन्दिर र सांस्कृतिक महत्व बोकेका सम्पदाहरुको उचित संरक्ष्ण गर्न र भावी पुस्ताको लागी समेत हुने गरेर वी यावत कुराहरुको अभिलेख राखी संरक्ष्ण गर्छु भौतिक पूर्वधारहरुको बिकाश गरेर कृषी, पर्यटन, हास्तकला, बस्तुकलाको प्रबर्धन गर्दै यि कुराहरुको संरक्ष्ण गर्ने काम गर्छु । जनताको सुख दुखको साथी बनेर बिगतका नेताहरुले जस्तो जितेपछि राज्य सत्ताबाट तलब भत्ता खाने होइन, म मेरो सबै सेवा सुबिधा जनताको लागी खर्चिन्छु र यो क्षेत्रलाई देशकै नमुना क्षेत्र बनाउन्छु । यती मात्र होइन प्रतिनिधिसभामा मेरो उपस्थिती देश को निती नियम बनाउने कुरा होस वा जनताको जनमुखी ऐन कानुन बनाउने कुरामा म शसक्त भूमिका निर्वाह गर्छु ।
तपाईको प्रतिद्धन्द्धि को ? उहाँलाई सन्देश ?
मेरा प्रतिद्वन्दी गठबन्धनबाट पम्फा भुसाल र एमालेबाट अमृत खड्का हुनुहुन्छ । म उँहाहरुलाई के सन्देश दिन चाहान्छु भने तपाई र तपाईको पार्टीले पटक पटक जितेर जन अपेक्षा अनुसार काम गर्न सकेन, यस कारण जनताको विश्वास तपाईहरुमा छैन । यो पटक जनता को विश्वास राप्रपामा छ । गणतन्त्रले देशको हित गर्दैन, ०६२ ०६३ को मार्गचित्र गलत छ । आउनुहोस अब तपाई हामी मिलेर राष्ट्रिय एकताको प्रतिक राजसंस्था स्थापना गरौ सनातन हिन्दूराज्य स्थापना गरौ संघियता खारेज गरौ । देश संबेदनशील मोडमा छ । राष्ट्र बचाउने काम गरेर जनता को सेवा गरौ ।