Kath khabar
चुनौती नै मेरो प्रतिद्धन्द्धि हो

                  काठमाडौं, कात्तिक ६। दिपेश केसी : स्वतन्त्र, चुनाव चिन्ह (क्रस खुकुरी) यहाँको समस्या र चुनौती नै मेरो प्रतिद्धन्द्धि हो। म व्यक्तिलाई चुनावी प्रतिस्पर्धीको रुपमा ठान्छु उमेद्वारको हिसाबले यो बारेमा ढुक्क छु, 'कि म पदमा नभएर पनि काम गरेर देखाएको छु.....'  भन्दै यसपालिको प्रतिनिधिसभामा ललितपुर  क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दिनु भएको छ।

काठ संवाददातासँग गरिएको कुराकानीको संक्षिप्‍त वार्ता :  

तपाई आफ्नो मतदातालाई कसरी चिनाउनुहुन्छ ?
म आफुलाई आफ्नो मतदाता यहाँको माटो बुझेको एउटा युवाको रूपमा चिनाउनुछु। आफ्नो देशको माया सबैलाई हुन्छ, त्यो माया केवल देखावटी रुपमा मात्र देखिन्छ। जबसम्म पोखरीमा हाम्फालिन्न तबसम्म त्यसको गहिराई थाहा हुदैन। त्यसैले हामी युवाहरु जागरुक भै यथास्थिति मा सचेत र खबरदारी गराउने युवाको रुपमा चिनाउछु।      

तपाईको यो क्षेत्रमा उम्मेदवारी किन ?
यो क्षेत्रमा मेरो उम्मेद्वारी यो क्षेत्रको सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनको लागि हो। म यहि जन्मे, हुर्के, अब यो आफ्नो ठाउँको बिकास र उन्नतिको जिम्मेवारीको आत्मबोध गर्दै सबै युवाहरुको जोश जाँगरलाई उर्जामा परिणत गर्दै, आफ्नो ठाउं आफै बनाऊ भन्ने हेतुका साथ् उम्मेदवारी दिएको हुँ।  

तपाईलाई भोट किन हाल्ने ? (प्रतिवद्धता)
मलाई यो क्षेत्रमा परिवर्तनको संदेश, बिकाशको संदेश र एक किसिमको बेथिति विरुद्धको संघर्षको शंखघोशको संदेश दिनको लागि भोट हाल्नको लागि आवहान गर्दछु।  

जित्नुभयो भने के गर्नुहुन्छ ? (अपेक्षा)
मैले चुनाव जितेपछि सबैभन्दा पहिले यो ठाउंमा एउटा युवाहरुको लागि राम्रो खेलस्तर निर्माणको सुनिश्चितता, मौलिक उत्पादनहरुको जगेर्ना र समर्थन, शुद्ध खाने पानीको दिर्घकालिन समस्या देखिदैछ त्यस्को समाधानको लागि मैले यो ठाउंमा एउटा सरोबरको कन्सेप्ट पनि बनाईसकेको छु, यहाँ एउटा सरोबर बनाउने मेरो भूमिका हुन्छ। 

तपाईको प्रतिद्धन्द्धि को ?  उहाँलाई सन्देश ?
मेरो प्रतिद्धन्द्धि भनेको यहाँको समस्या हो । यहाँको समस्या र चुनौती नै मेरो प्रतिद्धन्द्धि हो। म व्यक्तिलाई चुनावी प्रतिस्पर्धीको रुपमा ठान्छु उमेद्वारको हिसाबले यो बारेमा ढुक्क छु, 'कि म पदमा नभएर पनि काम गरेर देखाएको छु र पदमा भएपछी यो भन्दा बढी काम गर्छु भनेर यहाँको जनतालाई  बिश्वाश दिलाउन चाहन्छु ।'

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update