सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं, कात्तिक ६। बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
आइतवार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप दुई दिन अनुमतिका लागि समय थपेको छ । अनुसन्धान नसकिएको भन्दै प्रहरी वृत्त गौशालाले थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेको थियो ।
लामिछानेलाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो। असोज २० गते पक्राउ परेका लामिछानेलाई यो चौथो पटक म्याद थपिएको हो।
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९ १४:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय