Kath Khabar
नेप्से सूचक तथा कारोबार रकम दुबै बढ्यो



               काठमाडौं, कात्तिक ६। साताको पहिलो कारोबार दिन आइतबार नैं नेप्से बढेको छ ।

नेप्से आज १४ दशमलव ३५ अङ्कले बढेर १८ सय ५८ दशमलव ४९ अंकमा पुग्दा सेन्सिटिभ पनि दुई दशमलव ८८ अंकले बढेर तीन सय ६५ दशमलव ९३ अंकमा चढेको छ । दुई सय २१ वटा कम्पनीहरूको १३ हजार ८१ पटकको कारोबारमा १५ लाख ३८ हजार ४२ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ५१ करोड ६८ लाख तीन हजार चार सय ८४ रुपैयाँ पुगेको छ ।

१३ वटा समुहहरूको कारोबार हुँदा आज होटल तथा पर्यटन र सामूहिक लगानी कोष समुहको सूचक घटेर बाँकी ११ वटा समुहहरूको सूचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा ट्रेडिङ, उत्पादकमूलक, अन्य, लघुवित्त र लगानी सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।

आज बढी कमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा रुरु जलविद्युत परियोजना परेको छ भने बढी गुमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा सिटिजन्स म्युचुअल फण्ड-२ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने पहिलो स्थानमा नबिल बैंक परेको छ ।


 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update