Kath khabar
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालनको १४ औं वर्षमा प्रवेश

काठमाडौं, जेठ १७ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय शुरु गरेको थियो । बार्षिकोत्सवको अवसरमा कम्पनीले कम बीमाशुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ । साथै आमजनताहरुमा बीमाको पहुँच पुर्याउन निरन्तर लागि पर्ने र आगामीदिनमा अझै सरल, छरितो, प्रविधिमैत्री बीमा सेवामार्फत अघिबढ्ने प्रतिबद्धता समेत जनाएको छ ।

कम्पनीले सञ्चालन अवधिको १४ वर्षको अवधीमा १० अर्ब भन्दा बढिको जीवन बीमा कोष बनाउन सफल भइसकेको छ । एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ चुक्ता पुुंजी भएको कम्पनीले १३ वर्ष पूरा गर्दा सुनौलो भविष्यको रेखा कोर्न सफल भइसकेको छ । कम्पनीले १३ वर्ष पूरा गरी १४ औं वर्ष प्रवेश गरेको अवसरमा ‘बीमा पनि बचत पनि, कम बीममा शुल्कमा उचित प्रतिफल पनि’ भन्ने नारालाई अघि सारेको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update