Kath khabar
शेरधन राई मुख्यमन्त्री रहँदा भोजपुरमा गरेका कामको श्वेतपत्र सार्वजनिक

 

                  भोजपुर, कात्तिक १३।  नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गर्नु भएको छ । 

आज भोजपुरको हतुवागढी, घोरेटारमा एक कार्यक्रमको आयोजना गरेर उक्त श्वेत पत्र सार्वजनिक गर्नु भएको हो ।  ३ वर्ष ६ महिना ७ दिन प्रदेश नं १ को संस्थापक मुख्यमन्त्री रहँदा राईले आफ्ने गृह जिल्ला भोजपुरको विकास निर्माणका गरेका कामहरु श्वेतपत्रमा उल्लेख गरेको बताउनुभयो ।

श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुद लगायतका कार्यक्रमहरु र बजेट समेत समावेश गरेर सार्वजनिक गरिएको छ । राई २०७४ फागुन २ गते प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त हुन भएको थियो । २०७८ भदौ १० गते राईले राजिनामा दिँदै एमालेकै नेता भीम प्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गर्नु भएको थियो । 

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा राई नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । त्यस्तै प्रदेश सभा तर्फ प्रदेश सभा क्षेत्र नं १ मा हरिबहादुर राई र २ मा खड्गबहादुर (प्रेम) कार्की उम्मेदवार रहनु भएको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update