Kath khabar
सन्दीप लामिछानेविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदै

             काठमाडौं, कात्तिक १४। जबरजस्ती करणीको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका  निलम्बित कप्तान सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदैछ ।

जिल्ला सरकारी वकिलको कार्यालयले बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी गरेको जनाईएको छ । सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।

सन्दीप लामिछाने विरुद्ध चार पटकसम्म म्याद थप गरी प्रहरीले अनुसन्धान गरेको थियो । असोज २० देखि उनी प्रहरी हिरासतमा छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update