काठमाडौं, कात्तिक १४। स्मार्टफोन ब्राण्ड, भिभोले वाइ सिरिजका स्मार्टफोनमार्फत नेपाली प्रयोगकर्ताहरूका लागि धेरै विकल्पहरू उपलब्ध गराउँदै आइरहेको छ । ब्रान्डले आफ्नो स्मार्टफोनमा नवीनतम क्यामेरा प्रविधि र नयाँ विशेषताहरू समावेश गरेर बजारमा बलियो पकड बनाउँन सफल भएको छ ।
वाइ सिरिजका सबै स्मार्टफोनहरू अत्याधुनिक प्रविधिद्वारा डिजाइन गरिएका छन् जसले उत्कृष्ट पर्फमेन्श र नवीनतामार्फत ग्राहकको अनुभवलाई अझ वृद्धि गर्नेछ । भिभो वाइ सिरिजका स्मार्टफोनहरु ग्राहकहरूका लागि सुलभ मूल्य दायरामा अद्वितीय फ्ल्यागशिप अनुभवका साथै नवीन क्यामेरा प्रविधि तथा शक्तिशाली कार्यसम्पादन प्रदान गर्न केन्द्रित रहेका छन् ।
वाइ ३५
भिभो वाइ ३५ स्टाइल र प्रविधिको उत्कृष्ट संयोजन भएको स्मार्टफोन हो । यसमा एक्सटेन्डेड र्याम ३.० (८जीबी+ १२८जीबी) छ, जसले एउटा एपबाट अर्कोमा सहजै स्विच गर्न अनुमति दिन्छ र निर्बोध अनुभव प्रदान गर्दछ । कुनै पनि कार्यहरु स्मुद रुपले गर्न, वाइ३५ मा ५०००एमएएच ब्याट्री रहेको छ । यसलाई ४४ वाट फ्ल्यासचार्जले सपोर्ट गर्दछ ।
यस उपकरणले शक्तिशाली कार्यसम्पादन सुनिश्चित गर्नुका साथै यसमा ५०एमपी ट्रिपल रियर क्यामेरा रहेको छ, जसले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ । व्यावसायिक क्यामेरा जस्तै उच्च-स्तरीय तस्वीरहरु खिच्दछ । क्यामेराले सुपर नाइट क्यामेरा जस्ता सुविधाहरू पनि प्रदान गर्दछ, जसले प्रयोगकर्ताहरूलाई कुनै समस्या बिना नै रातको सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ। यस्तै बोकेह फ्लेयर पोट्र्रेट जसले मल्टि-फ्रेम डिनोइजिङ र एआई ब्राइटनिङ टेक्नोलोजीको साथ स्पष्ट र सुन्दर पोट्र्रेटहरू खिच्न मद्दत गर्दछ । यसको मूल्य ३० हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।
वाइ ३३ एस
वाइ३३एस एक उत्कृष्ट डिजाइन गरिएको स्मार्टफोन हो, जसलाई नेपाली ग्राहकहरूले धेरै मन पराएका छन् । यो फोनमा शार्प र अल्ट्रा-क्लियर फोटोग्राफीको लागि ५०एमपी रियर क्यामेरा र १६एमपी सुपर नाइट सेल्फी क्यामेरा रहेको छ । यो शक्तिशाली स्मार्टफोन १८ वाट फास्ट चार्जको साथ ५०००एमएएच ब्याट्रीमा आउँछ । वाइ३३एस मा एक्सटेन्डेड र्याम २.० (८जीबी+ १२८जीबी) रहेको छ । स्लिम र ट्रेंडी स्मार्टफोन वाइ३३एस को मूल्य २९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।
वाइ२२
वाइ२२ प्रयोगकर्ताहरूका लागि राम्रो विकल्प हो । यसमा मिडियाटेक हेलियो जी८५ प्रोसेसर छ, जसले शक्तिशाली कार्यसम्पादनको प्रतिज्ञा गर्दै हरेक कार्यलाई सहज बनाउँछ । यो १८ वाट फास्ट चार्जको साथमा शक्तिशाली ५०००एमएएच ब्याट्रीमा आउँछ र विशाल ब्याट्री क्षमताको साथमा शक्तिशाली प्रोसेसरको संयोजनले वाइ२२ लाई धेरै आकर्षक बनाएको छ । यसमा ५०एमपी रियर क्यामेरा रहेको छ, जसले स्पष्ट, सुन्दर र उज्यालो तस्बिरहरू लिन सम्भव बनाउँछ । वाइ२२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्युटी र मल्टि स्टाइल पोट्र्रेट जस्ता विभिन्न क्यामेरा सुविधाहरू पनि उपलब्ध छन् ।भिडियो फेस ब्युटी फिचरले सेल्फी लिने वा भिडियो खिच्ने प्रयोगकर्ताहरूको अनुहारको अझ आकर्षक बनाउँछ । साथै अर्कोतर्फ मल्टि स्टाइल पोट्र्रेटले व्यक्तिगत पोट्र्रेट खोज्ने प्रयोगकर्ताहरूको लागि धेरै स्टाइलहरू समावेश गर्दछ ।
वाइ २२ एस
वाइ२२एस ले भिभोको वाइ सिरिजको गतिशील र युवा-केन्द्रित दृष्टिकोणलाई अगाडि बढाउँछ र प्रयोगकर्ताहरुका विभिन्न आवश्यकताहरू पूरा गर्न प्रयासरत छ । वाइ२२एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, ६ जीबी ¥याम र १२८जीबी रोम रहेको छ, जसले प्रयोगकर्ताहरूलाई बिना कुनै ढिलाई एकै साथ धेरै ठुला एपहरू चलाउन अनुमति दिन्छ । यसको एक्सटेन्डेड र्याम विशेषतामार्फत निष्क्रिय रोमलाई प्रयोग गर्न सकिन्छ र १टीबी सम्म मेमोरी कार्ड थप्न पनि सकिन्छ ।
वाइ २२एस मा एआई पावर-सेभिङ टेक्नोलोजी पनि छ । यसको ५०००एमएएच ब्याट्रीलाई १८ वाट फास्ट चार्ज ले सर्पोट गरेको छ । यसका साथै, ५०एमपी रियर क्यामेरा र ८एमपी एचडी फ्रन्ट क्यामेरासंग भिडियो फेस ब्युटी अप्टिमाइज गरिएको छ, जसले प्रयोगकर्ताहरूलाई सिनेमेटिक तस्वीरहरू क्लिक गर्न मद्दत गर्दछ । पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडको साथ अप्टिमाइज गरिएको छ, जसले प्रयोगकर्तालाई कम प्रकाशका क्षणहरूलाई जादुई रूपमा उत्कृष्ट बनाउन अनुमति दिन्छ । यसबाहेक, प्रयोगकर्ताहरुलाई व्यक्तिगत पोट्र्रेट खिच्न वाइ२२एस मा मल्टी-स्टाइल पोट्र्रेट-फेस ब्यूटी, बोकेह, र अन्य स्टाइलहरू समावेश छन् । रातको समयमा पनि विस्तृत र जीवन्त तस्वीरहरू खिच्दै वाइ२२एस ले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको छ ।
इ५५
वाइ५५ शक्तिशाली प्रोसेसर र क्यामेरा भएको वाइ सिरिजको नयाँ स्मार्टफोन हो । यस फोनमा ५० एमपी एचडी ट्रिपल क्यामेरा छ जसले डबल एक्सपोजर र अल्ट्रा स्टेबल भिडियो प्रदान गर्दछ । वाइ५५ मा स्न्यापड्रेगन ६८० प्रोसेसर छ जसले यस स्मार्टफोनलाई गेमिङ तथा स्ट्रिमिङका लागि सक्षम बनाउँछ । यो उपकरण ५०००एमएएच ब्याट्रीको साथ आउँछ, जुन ४४ वाट फ्ल्यासचार्जद्वारा समर्थित छ । यो स्मार्टफोन ३३ हजार ९ सय ९९ रुपैयाँमा देशभर उपलब्ध रहेको छ ।