Kath khabar
नेपालको : कृषि कफी खेती (प्रारम्भ र विकाशक्रम)

 

                काठमाडौं, कात्तिक १५ ।  वि.सं. १९९५  ई.सं. (१९३८) सालमा नेपालमा सर्वप्रथम हिरा गिरीले म्यानमार (तात्कालिन बर्मा) बाट कफीका बीउ ल्याई गुल्मी जिल्लाको आँपचौरमा रोपण गरेर कफी खेतीको शुरुवात गरेको पाईन्छ । त्यसैगरी वि.सं. २०२५, ई.सं. (१९६८) सालमा गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा कफीको बीउ बितरण शुरु गरियो । योजनागत रुपमा वि.सं. २०३२ साल देखि मात्र नेपालमा कफी खेती तर्फ कृषकहरुले अभिरुचि देखाउन थालेको पाईन्छ ।coffee flower1667290193.jpeg

वि.सं. २०३३ सालमा नेपाल सरकारले कृषि वर्षमा कृषि बिकास बैंक मार्फत् भारतबाट अराबिका जातको कफीको बीउ मंगाई गुल्मी जिल्लामा ब्यबसायिक रुपमा कफी खेती शुरु गरियो । त्यसैगरी, वि.सं. २०४२ सालमा गुल्मी जिल्लाको आँपचौरमा सरकारी स्तरमा कफी बिकास केन्द्रको स्थापना गरीयो । नेपालमा नगदे तथा निर्यात योग्य बालीको रुपमा प्रसिद्ध कफी बालीको बिकास गर्दै लैजानु पर्ने आवश्यकता महशुस गरी २०४९ साल जेष्ठ २० गते गठन भएको राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले पनि नेपालमा कफी क्षेत्रमा ठूलो योगदान पुर्‍याउँदै आईरहेको थियो भने वि.सं. २०५०, ई.सं. (१९९३) सालमा केन्द्रिय स्तरको चिया तथा कफी बिकास शाखाको स्थापना, राष्ट्रिय चिया तथा कफी बिकास बोर्डको स्थापना र स्याङ्गजा जिल्लामा कफी उत्पादक संघको गठनबाट राष्ट्रिय स्तरमै कफी खेती बिस्तारमा नयाँ आयाम थपियो ।

कफिको महत्व :

१) कफिको प्रयोग :

  • कफिको बीउको कप्टेरम (ग्रिन बिन) लाई भुटेर धुलो बनाई गरम पानीमा राखि पेय पदार्थको रुपमा प्रयोग गरीन्छ ।
  • आजभोलि स्वाद बढाउन खाद्यपर्दाथहरु जस्तै, चकलेट, आइसक्रिम आदिमा पनि कफिको प्रयोग हुन थालेको छ । 

२) फाइदाजनक बाली :

  • अन्न र अरु बालीको तुलनामा यसबाट बढि फाइदा पाइने ।
  • मकै, कोदो भन्दा २-३ गुण बढि फाइदाजनक । 
  • कफि र अन्तरबाली केरा लगाउदा, मकै भन्दा ७-८ गुणा बढि फाइदाजनक र कोदो भन्दा ६ गुणा बढि आम्दानी पाइने ।
  • १ रोपनी जमिनमा १०० बोट कफि लगाउन सकिन्छ । एउटा बोटबाट करिव ६ केजी ताजा चेरी उत्पादन हुदा प्रति रोपनि ६०० के.जी ताजा चेरी उत्पादन गर्न सकिन्छ ।

३) कफिबाट वैदेशिक मुद्रा आर्जन :

  • नेपालमा प्रतिवर्ष करोडौ रुपियाको कफि आयात हुन्छ । नेपालमै उत्पादन भएको उच्च गुणस्तरको अर्गानिक कफिबाट आयात प्रतिस्थापन हुनुको साथै बिदेशमा निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ । 

४) कफि खेतिबाट राम्रो स्वारोजगारको अवसर :

  • कामको खोजिमा बिदेशिएका हजारौ युवा युवतीलाइ ग्रामिण क्षेत्रका आर्थिक विपन्न वर्गका लागि ग्रामिण स्वरोजगार मिल्ने ।
  • शहरी क्षेत्रमा पनि कफिको प्रशोधन एवं वजार प्रवद्धन द्वारा निर्यात व्यवशाय गरी स्वरोजगार वन्न र अरुलाई रोजगारी दिलाउने ।

कफि खेतिवाट पर्यटन ब्यबसाय एवं पर्यावरण संरक्षणमा टेवा :

  • नेपालमा  विश्वकै उत्कृष्ट र गुणस्तरीय अर्गानिक कफि उत्पादन भई बिदेशमा बिक्रि भइरहेको छ ।
  • उत्कृष्ट अर्गानिक कफि उत्पादन गर्ने थोरै मूलुक मध्ये नेपालमा बिदेशीहरुलाई कफि खेतीको विस्तार गरेर आकर्षणको केन्द्र बिन्दु बनाई पर्यटन उद्योगमा बढावा दिन सकिन्छ ।
  • कफिमा प्रयोग गरिने छहारी एवं कफिको हरियालीले पर्यावरणलाई राम्रो पार्ने र भुक्षयको संरक्षण गर्ने र प्राकृतिक एवं दिगो कृषिलाई समेत संरक्षण गर्छ । 

कफीका जातहरु :

कफीका वंश अन्तरगत नेपालमा अराबिका (arabica) प्रजातिको मात्र खेती गरिएको छ । बागवानी अनुसन्धान केन्द्र मालेपाटनमा संकलन गरिएका करिब २३ जातका सङ्कलनहरु सबै अरेविका प्रजाति अन्तरगत नै हुन् र केन्दमा गरिएको हाल सम्मको अनुसन्धान तथा अनुभवका आधारमा ‘टेकिसिक’ ‘यलो कटुरा’, ‘सेलेक्सन-१०’, ‘क्षेत्रदिप’, ‘स्याङ्जा स्पेसल’, ‘अर्घाखाँची स्थानीय’ जातहरु पोखरा सरहको अवाहवा ८००-१२०० मिटर सम्म उचाइका लागि उपयुक्त हुने देखिएका छन । 

जातीयगुण :

अग्लो जात : बोर्बोन, पाकामार, टेकिसिक, टिपिका
होचो जात : काटुरा, काटिमोर, सेलेक्सन-१०, सेलेकसन-१२

बोर्बोन (Bourbon) :

coffee bourbon1667290773.jpg

  • बोट करीब ३ मिटर अग्लो हुन्छ ।
  • धेरै सहायक हाँगाहरु निस्कन्छन् ।
  • पातहरु चौडा र किनारा खुजमुजिएका हुन्छन् ।
  • फल साना हुन्छन्, बाक्लो गरी लाग्छन् ।
  • टिपिका भन्दा फल २०-३० प्रतिशत बढी हुन्छ तर फल्न ढिलो शुरु हुन्छ ।
  • कफीको स्वाद उच्च गुणस्तरको हुन्छ ।

क्याटुरा (Caturra) :

  • ब्राजिलमा बोर्बोन जातको बोटमा प्राकृतिक परिवर्तन भई उत्पति भएको ।
  • बाटको उचाई मध्यम होचो धेरै झांगिने राम्रो उत्पादन दिने ।
  • बोट सोली आकारको होचोदेखि मझौला र घना, पात ठूला र किनारा खुम्चिएका, अन्तर आँख्लाको दूरी कम ।
  • कफीको गुणस्तर मध्यम खालको हुन्छ ।
  • सिन्दुरे रोगबाट प्रभावित हुने तथा टुप्पा मर्ने रोग छिटो लाग्ने ।

यलो क्याटुरा (Yellow Caturra) :coffee catura1667290517.jpg

  • बोट मझौला, हरियो रंगको पालुवा आउने ।
  • पाकेका फलहरु पहेंला,  २ देखि ३ पटकमा टिपेर सकिने ।
  • बढी उत्पादन दिने र मालेपाटनको हावापानीमा राम्रो मानिएको ।
  • पाकेका १०० दाना फ्रेस चेरीको तौल ११८ ग्राम ।    

क्रमश : 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update