Kath khabar
भारतद्वारा २ सय वटा गाडी उपहार


            काठमाडौं, कात्तिक १५ । आउँदो मङ्सिर ४ गते हुने चुनावी प्रयोजनको लागि भारतले नेपाललाई २ सय वटा गाडी उपहारस्वरूप प्रदान गरेको छ । आज मङ्गलवार अर्थ मन्त्रालयमा भएको कार्यक्रममा नेपाल सरकारलाई भारत सरकारले उपहारस्वरूप २ सय वटा गाडी प्रदान गरेको हो । अर्थ मन्त्री जनार्दन शर्माले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट उपहारस्वरूप गाडी ग्रहण गर्नुभयो । 

गाडी हस्तान्तरण कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले चुनावमा प्रयोग गर्ने गरी भारत सरकारले नेपाल सरकारलाई सहयोगस्वरूप २ सय वटा गाडी दिएको बताउनुभयो । उपहार दिएका गाडीमध्ये १ सय २० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगको प्रयोगका लागि दिएको उहाँले बताउनुभयो । कार्यक्रममा अर्थ मन्त्री शर्माले चुनावका लागि गाडी सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिनुभयो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update