Kath khabar
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यबिनायकबाट एक व्यक्ति पक्राउ


            काठमाडौं, कात्तिक १५ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यबिनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रुपक खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । खड्काले ती बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ  बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित गेष्ट हाउसमा लगी विभिन्न मितिमा पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातिर्थस्थित बौथली चोकबाट पक्राउ गरेको हो ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update