काठमाडौं, कात्तिक १५ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ५६ दशमलव ११ अंकले बढेर १९ सय ३० दशमलव ९९ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २८ अंकले बढेर तीन सय ८२ दशमलव १४ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ३१ वटा कम्पनीहरूको २७ हजार नौं सय ३२ पटकको कारोबारमा ३९ लाख ७१ हजार पाँच सय ९४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोबार रकम एक अर्ब २९ करोड छ लाख ६४ हजार छ सय ४२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज ङादी ग्रुप पावर लिमिटेड, दोर्दी खोला हाइड्रो पावर कम्पनी, युनियन हाइड्रो पावर नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने एनसीसी बैंक ऋणपत्र, एनआईसी एशिया बैंक ऋणपत्र २०८६, सिटिजन्स म्युचुअल फण्ड १ आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी आज एनआईसी एशिया बैंक, नबिल बैंक, रिडी हाइड्रो पावर कम्पनी आदिको भने बढी रकम कारोबार भएका छन् ।