काठमाडौं, कात्तिक १६ । पछिल्लो समय उत्कृष्ट लयमा रहेका भारतीय पूर्व कप्तान विराट कोहलीले १०१७ रन बनाउँदै विश्वकप टी-२० मा सर्वाधिक रन बनाएका छन्।
एसिया कप २०२२ मा अफगानिस्तानविरूद्ध शतक बनाएसँगै उनी पुरानो फर्ममा फर्किएका हुन्। टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने क्रममा बुधबार नोभेम्बर २ मा बंगलादेशविरूद्ध थप १६ रन बनाउँदै टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।
टी-२० विश्वकपमा कोहलीको नाममा यसअघि १,००१ रन थियो। टी-२० विश्वकपको इतिहासमा महेला जयवर्धनेले हालसम्म सर्वाधिक १०१६ रन बनाएर शीर्ष स्थानमा थिए। कोहलीले जयवर्धनेको रेकर्ड तोडेका हुन्।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी समेत रहेका कोहलीले चाहेको बेला विस्फोटक ब्याटिङ समेत गर्छन्। उनले ११२ टी-२० खेलमा ३८६८ रन बनाइसकेका छन् जसमा १ शतक र ३५ अर्धसतक समावेश छ।
विराट कोहलीले ३ वटै फर्म्याटमा भारतका लागि १०० भन्दा बढी खेल खेलिसकेका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ७१ शतक बनाएका छन्। जसमा १०२ टेष्टबाट २७ सतक, २६२ एकदिवसीयमा ६४ र एक अन्तर्राष्ट्रिय टी-२० सतक उनको नाममा छ।
हाल अष्ट्रेलियामा जारी टी-२० विश्वकपमा उनले पाकिस्तान र नेदरल्याण्ड्सविरूद्ध उत्कृष्ट इनिङ्स खेले। पहिलो खेलमा पाकिस्तान विरूद्ध ८२ रनको अभिजित पारी खेलेका उनले दोस्रो खेलमा नेदरल्याण्ड विरूद्ध ६२ रनको अभिजित इनिङ्स खेले। तेस्रो खेलमा भने उनी दक्षिण अफ्रिका विरूद्ध १२ रनमा आउट भए।