Kath khabar
स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु


               काठमाडौं, कात्तिक १७ । काठमाडौंको लाजिम्पाटमा चलिरहेको स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ बसपार्क बस्ने ५ कक्षामा अध्ययरत १३ वर्षीय आयुष्मान दाहाल रहेका छन् ।

प्रहरीका अनुसार बुधबार दिउँसो साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलका आयुष्मान दाहाल बा१क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर घाइते भएका थिए। उनको उपचारको क्रममा महाराजगन्जस्थित टिचिङ अस्पतालमा मृत्यु भएको हो ।

गाडी विद्यालयबाट निस्किने बेलामा स्कुल बाहिर दुर्घटना भएको थियो। प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ। दाहालको शव पोष्टमार्टमको लागि टिचिङ अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update