Kath khabar
मिस अर्जेन्टिना र मिस पोर्टो रिकोले गरे एकआपसमा विवाह


            काठमाडौं, कात्तिक १७ । प्रेमले जात, धर्म वा कुनै बन्देजमा विश्वास गर्दैन। यो मिस अर्जेन्टिना मारियाना भारेला र मिस पोर्टो रिको फाबियोला भ्यालेन्टाइनले प्रमाणित गरेका छन्।

उनीहरुले एकआपसमा विवाह गरेर आफ्नो सम्बन्ध विश्वसामु खुलाएका छन् । उनीहरु डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए। अफिसियल इन्स्टाग्राममा उनीहरुले यो जानकारी दिदै भिडियो शेयर गरेका छन् । सन् २०२० मा मिस ग्राण्ड इन्टरनेशनल प्रतियोगितामा दुवैको भेट भएको थियो । यसपछि उनीहरुको घनिष्टता बढ्दै गएको थियो ।

भेरेला र फाबियोला भ्यालेन्टाइनले सौन्दर्य प्रतियोगितामा अर्जेन्टिना र पोर्टो रिकोको प्रतिनिधित्व गरेका थिए। अहिले  दुवैले अक्टोबर २८ मा गोप्य समारोहमा विवाह गरेको बताएका छन् ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update