काठमाडौं, कात्तिक १७। नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बिहीबार १६ दशमलव १४ अंकले घटेर १९ सय २२ दशमलव १६ अंकमा सीमित हुन पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव पाँच अंकले घटेर तीन सय ७९ दशमलव ४३ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय २० वटा कम्पनीहरूको १८ हजार एक सय ४० पटकको कारोबारमा २७ लाख ६७ हजार पाँच सय ३९ कित्ता खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम ८९ करोड ८९ लाख सात हजार आठ सय ३० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये निर्जीवन र जीवन बीमा समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज युनिलिभर नेपाल लिमिटेड, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेड आदिको शेयर मुल्य बढेका छन् भने वीन लघुवित्त वित्तीय संस्था, अपरहेवा खोला हाइड्रो पावर कम्पनी, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, अरुण कावेली पावर लिमिटेड, अपि पावर लिमिटेड आदि परेका छन् ।