Kath khabar
एलन मस्कले आजदेखि  हटाउन थाले ट्विटरका कर्मचारी


            काठमाडौं, कात्तिक १८ । ट्विटरका नयाँ मालिक एलन मस्कले आज शुक्रबारदेखि कर्मचारी हटाउन थालेको छ ।

कम्पनीको आन्तरिक मेलमा आज शुक्रबारदेखि कर्मचारी कटौती सुरु हुने स्पष्ट उल्लेख गरिएको छ । समाचार एजेन्सी रोयटर्सले यो आन्तरिक ईमेललाई उद्धृत गर्दै भनेको छ कि ट्विटरले शुक्रबारदेखि विश्वव्यापी स्तरमा कटौती सुरु गर्नेछ र ठूलो संख्यामा कर्मचारीहरूले आफ्नो जागिर गुमाउनु पर्नेछ।

रोयटर्सका अनुसार कम्पनीले बिहीबार आफ्ना स्टाफलाई पठाएको इमेलमा ट्वीटरलाई नाफाको बाटोमा फर्काउने प्रयास भइरहेको बताएको छ । मस्कले भनेका छन् कि कम्पनीमा लागत बोझ कम गर्न कर्मचारी संख्या आधा गरिनेछ। यसको मतलब ५० प्रतिशत कर्मचारीले जागिर गुमाउनु पर्नेछ । कम्पनीले पेश गरेको प्रतिवेदनमा विश्वस्तरमा ७ हजार कर्मचारी रहेकाले कम्तीमा ३ हजार ५ सय कर्मचारीले जागिर गुमाउन सक्ने बताइएको छ ।

मस्कले ४०० बिलियनमा ट्विटर किनेको र यसको अधिग्रहण पूरा गरेदेखि लगातार परिवर्तन भइरहेको छ। अन्तत: आजबाट ठूलो कटौती पनि सुरु भएको छ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update