Kath khabar
सेवा एपले स्टार्ट अप सेमिनार गर्दै

          

              काठमाडौं, कात्तिक १८ ।  “जे गर्छु नेपालमै गर्छु ” भन्ने मूल नाराको साथ सेवा एपले यही कार्तिक १९ गते शनिबार बिहान १० बजे स्टार्ट अप सेमिनार गर्ने भएको छ। पूर्णरुपमा निशुल्क सेमिनार स्किल सेवा प्राइभेट लिमिटेडको सभाहल बबरमहलमा हुनेछ ।

नेपालको सन्दर्भमा स्टार्ट अपको विगतको अवस्था, वर्तमान अवस्था र आगामी भविष्य मूलभूत विषय रहेका छन् । कतिपय मानिसहरू स्टार्ट अप गर्ने सोच, जोस एवं जाँगरको साथमा  हुन्छन तर उनीहरूलाई कम्पनी सुरु गर्नु भन्दा अगाडि आवश्यक पर्ने कानुनी प्रक्रियाका बारेमा समेत अज्ञात हुने गर्दछन् । जसले गर्दा उनीहरूले पहिलो गाँसमै ढुङ्गाको अनुभुति गर्ने गर्दछन् । यसको लागि आवश्यक कानुनी प्रक्रियाको समग्र जानकारी समेत सेमिनारमा प्रस्तुत गरिनेछ ।

स्टार्ट अप कसरी गर्ने ? कुन क्षेत्रमा गर्ने ? स्टार्ट अपमा कस्ता समस्याहरू आउने गर्दछन् ? ती समस्याहरू को समाधान कसरी गर्ने भन्ने कुरा उदाहरण सहित सेमिनारमा प्रस्तुत गरिनेछ । स्टार्ट अप कम्पनीहरु स्थापना हुँदा सबैले राम्रो गर्दछु, सफल हुन्छु भन्ने सोचका साथ स्थापना गरेका हुन्छन् तर सबै कम्पनी सफल हुदैनन् तथापि हाम्रो देशको सन्दर्भमा भने अधिकांश स्टार्ट अप कम्पनीहरू असफल नै हुने गरेको देखिन्छ  ।

सफल कम्पनी कसरी सफल भए र असफल कम्पनीहरू कसरी असफल भए भन्ने कुराहरु केस स्टडी माध्यमबाट सहजीकरण गरिने छ । भनिन्छ, योजना मुताबिक कुनै काम सुरु गर्नु भनेको काममा आधा सफलता प्राप्त गर्नु हो । स्टार्ट अप सुरु गर्नु पूर्वका आधारभुत आवश्यकता के-के हुनु ? कुन रणनीति अपनाएको खण्डमा स्टार्ट अप असफल हुन पाउदैन ? कुन व्यवसायको निकट भविष्य उज्ज्वल छ भन्ने कुरा समेत सेमिनारको विषय क्षेत्र रहेको छ ।

व्यवसायको सुरुवाती त धेरैले गर्ने गर्दछन् तर उनीहरु टिक्न भने सक्दैनन् यही समस्यालाई समाधान गर्ने हेतुले सेमिनार आयोजना गरिने भएको हो । विदेशबाट फर्केर स्वदेशमै केही गर्छु भन्ने सोच भएका, लगानी गर्न पुजीँ भएका तर अवसर र योजना नभएका र विद्यार्थी वर्ग एवं व्यवसाय गर्न चाहने अरु सबैले सेमिनारबाट लाभ लिन सक्नेछन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update