Kath khabar
एकै दिन ४३ अंकले बढ्यो नेप्से



            काठमाडौं, कात्तिक २० । नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज आइतबार नेप्से ४३ दशमलव दुई अंकले बढेर १९ सय ६५ दशमलव ३६ अंकमा चढेको छ ।

यसैगरी सेन्सिटिभ आठ दशमलव नौं अंकले बढेर तीन सय ८७ दशमलव ५२ अंकमा चढेको छ । आज नेप्सेमा  दुई सय २८ वटा कम्पनीहरुको २७ हजार सात सय ६८ पटकको कारोबारमा ३९ लाख १३ हजार पाँच सय ७३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ५४ करोड ८० लाख ३२ हजार पाँच सय ६१ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक घटेर वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य र लगानी सहितका १२ वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने नबिल इक्विटी फण्ड, तेह्रथुम पावर लिमिटेड, सयपत्री हाइड्रो पावर लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक आदि परेका छन् ।


 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update