काठमाडौं, कात्तिक २१ । नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।
नेप्से आज छ दशमलव ४३ अंकले घटेर १९ सय ५८ दशमलव ९४ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १९ अंकले घटेर तीन सय ८५ दशमलव ३३ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय २४ वटा कम्पनीहरुको ३५ हजार एक सय १२ पटकको कारोबारमा ४९ लाख ४४ हजार ७६ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल शेयर कारोबार रकम दुई अर्ब १० करोड ९१ लाख ६३ हजार तीन सय ८४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैक, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक र लघुवित्त सहितका आठ वटा समुहहरूको सूचक घटेका छन् भने जीवन बीमा, ट्रेडिङ, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका पाँच वटा समुहहरूको सूचक बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज धौलागिरी लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, रिडी हाइड्रो पावर कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्युचुअल फण्ड, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने जाल्पा लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, रिडी हाइड्रो पावर कम्पनी आदि परेका छन् ।