काठमाडौं, कात्तिक २१ । नेपालको कृषि अर्थतन्त्रमा पशुपालन व्यवसायको महत्वपूर्ण भूमिका रहेको छ। पशुपालन गर्ने किसानलाई घाँसको ठूलो महत्व हुन्छ । पशुपालनमा बिस्तारै व्यवसायिक बन्दै गएको पछिल्लो समयमा गाई, भैसी, बाख्रा समेत घरपालुवा चौपायलाई पहिलो आवश्यकता नै घाँस हो । पशुपालन व्यवसायलाई अझ बढी व्यवसायिक तथा यस व्यवसायको प्रतिस्पर्धी क्षमतामा विकास गर्नका लागि उत्पादन लागत घटाउन अपरिहार्यछ। यति हुँदाहुँदै पनि लागत घटाउनु यस व्यवसायको प्रमुख चुनौतीको रूपमा रहेको देखिन्छ। पशुपालनबाट राम्रो आम्दानी लिन घाँसमा ध्यान दिन सकेको अवस्थामा किसानले ठूलो मात्रामा आर्थिक लगानी घटाउन सक्छन् । घाँस कम दिँदा दाना वा खोले बढी खुवाउनु पर्छ ।
जुन आर्थिक हिसाबले महंगो हुन्छ । हाम्रो देशमा सामान्यतया ७० प्रतिशत सम्म हरियो घाँसकै भरमा पशुपालन गरिन्छ । अर्थात पानी, दाना, खोले करिव ३० प्रतिशत खुवाइन्छ भने बाँकी घाँस नै खुवाउने गरिन्छ । किसानलाई आर्थिक बचत र पशुपालनबाट बढीभन्दा बढी लाभ लिन यस्ता घाँस दाना भन्दा निकै सस्तो पर्छ यसर्थ पशुपालनबाट फाइदा लिने र पशुपालनलाइ व्यबसायीक रुपमा अंगाल्ने हो भने घाँस खेती गर्नु अत्यन्तै आबश्यक छ।
यसरी घाँस खेतीमा आधारीत पशुपालन व्यबसाय चल्दै आएका बिकसित मुलुकहरु जस्तै अस्ट्रेलिया, न्युजिल्याण्ड हरुलाई उदाहरण को रुपमा लिन सकिन्छ । पशुपालन व्यबसाय आर्थिक आम्दानीको राम्रो स्रोत हुदाहुदै पनि पशु फर्ममा पोसिलो घाँसपातको अभाब नेपालको मुख्य समस्याको रुपमा रहेको छ। नेपाल को बिभिन्न क्षेत्रमा मौसम अनुरुपको बाह्रै महिने घाँस समुचित तरिकाले खेति गरि आबश्यक मात्रामा उत्पादन लिन सकिन्छ।
यहाँका लागि उपयुक्त प्रमुख जातका घासँ खेतीको बारेमा जानकारी । सामान्यतया घाँसलाई ५ प्रकारमा छुटयाउन सकिन्छ ।
घाँसका ५ बिभिन्न प्रकारहरु :
- एक बर्षिय घाँसहरू : (क) हिउँदे घाँसहरू :
जै, सानो केराउ, बर्सिम, भेच आदि । (ख) वर्षे घाँसहरू : टियोसेन्टी, काउपी, बाज्रा, मकै, भटमासे आदि । - बहु बर्षिय घाँसहरू : नेपियर, पारा, दिननाथ, स्टाईलो, मोलासस, अमृसो, डेस्मोडियम, सिराट्रो, सेन्ट्रो आदी ।
- चरन घाँसहरू : ह्वाईट क्लोभर, कस्सफुट, रेड क्लोभर, राई आदी ।
- डाले घाँसहरू : किम्बु, चुलेत्रो, इपिलेपिल, दूधिलो, बडहर, टाँकी, कोइरालो, निमारो आदि ।
- बर्षे घाँसहरू : मकै, बोडी, जुनेलो, मकैचरि, जोआर, बाजरा, बोडी, आदी ।
क्रमश :