काठमाडौं, कात्तिक २२। साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज पुन दुई दशमलव ५७ अंकले घटेर १९ सय ५६ दशमलव ३६ अंकमा सीमित हुन पुगेको छ ।
यसैगरी सेन्सिटिभ पनि एक दशमलव १२ अंकले घटेर तीन सय ८४ दशमलव २१ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय २६ वटा कम्पनीहरूको १८ हजार चार सय ७२ पटकको कारोबारमा २७ लाख ७३ हजार सात सय ३७ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब पाँच करोड ३१ लाख ३७ हजार चार सय ६७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये निर्जीवन बीमा, जीवन बीमा, फाइनान्स र अन्य सहितका चार वटा समुहहरूको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, सामूहिक लगानी कोष र लगानी सहितका नौं वटा समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, एनआईसी एशिया ब्यालेन्स फण्ड, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने कालिका लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, कालिका माईक्रो क्रेडिट लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, रिडी हाइड्रो पावर कम्पनी आदि परेका छन् ।