राष्ट्र बैंकको योजना : आगामी असारसम्म दुई खर्ब ५६ अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाईने
काठमाडौं, कात्तिक २२ । नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा दुई खर्ब ५६ अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाउने योजा अघि सारेको छ । मंगलबार राष्ट्र बैंकले चालु आर्थिक बर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दे उक्त योजना अघि सारेको हो ।
आन्तरिक ऋणको लागि चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ३० अर्ब रुपैयाँ, तेस्रो त्रैमासमा ८८ अर्ब र चौंथो त्रैमासमा एक खर्ब ३८ अर्ब रुपैंयाँ समेत गरी कुल दुई खर्ब ५६ अर्ब रुपैंयाँ बराबरको आन्तरिक ऋण उठाउन लागेको छ । यसको लागि ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र सहितका मौद्रिक उपकरणहरु बिक्री गर्ने राष्ट्र बैंकको भनाई छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९ १८:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय