Kath khabar
एकै दिन ४९ अंकले घट्यो नेप्से, सबै सूचक रातै



                     काठमाडौं, कात्तिक २३ । नेप्से उच्च अंकले घटेको छ । आज बुधबार नेप्से ३९ दशमलव १५ अंकले घटेर एक हजार नौं सय १७ दशमलव २२ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ पनि सात दशमलव ६८ अंकले घटेर तीन सय ७६ दशमलव ५३ अंकमा सीमित हुन पुगेको छ । आज नेप्सेमा दुई सय २३ वटा कम्पनीहरुको २४ हजार तीन सय ८८ पटकको कारोबारमा ३६ लाख ९७ हजार सात सय २३ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ४० करोड ७३ लाख ९५ हजार चार सय ३७ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज अपरहेवा खोला हाइड्रो पावर कम्पनी, एनसीसी बैंकको ऋणपत्र, नेपाल पुनर्बीमा कम्पनी, गोर्खाज फाइनान्स आदिको शेयर मूल्य बढेका छन् भने एक्सेल डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त वित्तीय संंस्था, युनिलिभर नेपाल लिमिटेड, इर्मर्जिङ नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनी आदि परेका छन् ।


 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update