भूकम्प
बाजुरा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प
बाजुरा, कात्तिक २४ । बाजुराको काँडा क्षेत्र केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।
बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्रबिन्दु भएर बिहान ५ः१३ मा ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर मङ्गलवार राति तीन पटकसम्म भूकम्प गएको थियो । जसमा ६ जनाको ज्यान गएको थियो भने ८ जना घाइते भएका थिए।
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९ १०:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय