काठमाडौं, कात्तिक २४ । चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी इएफएल कप अर्थात् काराबाओ कप फुटबलको चौथो चरणमा पुगेको छ । इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा चेल्सीलाई २-० ले हराउँदै सिटीले चौथो चरणमा पुगेको हो ।
सिटीका लागि रियाद महरेज र जुलियन अल्भारेजले १-१ गोल गरे । खेलको ५३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि ५८ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
अर्को खेलमा प्रिमियर लिग क्लब लिभरपुलले लिग वान क्लब डर्वी काउन्टीलाई टाइब्रेकरमा ३-२ ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ । उल्भ्सले लिड्सलाई १-० ले, साउथह्याम्पटनले सेफिल्ड वेनस्डेलाई पेनाल्टी सुटआउटमा ६-५ ले तथा न्युकासलले क्रिस्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर चौंथो चरणमा प्रवेश गरेका छन् ।