Kath Khabar
पत्रकार सरोजराज अधिकारी फ्यानमा झुन्डिएको अवस्थामा मृत भेटिए


              काठमाडौं, कात्तिक २४ ।  पत्रकार सरोजराज अधिकारी होटलको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। सुन्धारास्थित होटल सिद्दार्थमा उनी मृत अवस्थामा भेटिएका हुन्।

घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू पुगेर अनुसन्धान सुरु गरेका छन्।

होटलको एक कोठामा फ्यानमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको उपत्यका अपराध अनुसन्धानमा खटिएका अधिकृतले जानकारी दिए। कात्तिक २१ बाट उनी सो होटलमा बसेका थिए।

कान्तिपुर दैनिक, नयाँ पत्रिका, हिमाल, नेपाल लाइभलगायतका सञ्चार माध्यममा काम गरेका उनी प्रेस युनियनको पूर्व कोषाध्यक्षसमेत हुन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update