Kath khabar
माल्दिभ्समा भवनमा आगलागी हुँदा ९ भारतीय सहित १० कामदारको मृत्यु


                माले, कात्तिक २४ ।  माल्दिभ्सको राजधानी मालेमा रहेको एउटा भवनमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । उक्त भवनमा विदेशी कामदार बस्दै आएका थिए । भवनको भुईं तलामा रहेको कार मर्मत गर्ने ग्यारेजमा आगलागी भएको हो । उक्त घटनामा ९ भारतीय सहित १ बंगलादेशी नागरिकको मृत्यु भएको छ । यस घटनामा धेरै मानिस घाइते भएका छन् ।

भवनमा आगलागी भएपछि माथिल्लो तलाबाट १० जनाको शव निकालिएको अधिकारीहरूले बताएका छन् । भवनको भुइँ तल्लामा रहेको कार मर्मत गर्ने ग्यारेजमा आगलागी भएको हो । दमकलका १ अधिकारीले भने कि हामीले १० शव निकालेका छौं। आगो नियन्त्रणमा लिन करिब ४ घण्टा लागेको थियो । मृत्यु हुनेमा ९ भारतीय र १ बंगलादेशी रहेको प्रहरीले जनाएको छ ।

मालेमा भएको आगलागीमा भारतीय नागरिकसहित १० जनाको मृत्यु भएको माल्दिभ्सस्थित भारतीय उच्चायोगले दुःख व्यक्त गरेको छ । उच्चायोगले माल्दिभ्स सरकारसँग सम्पर्कमा रहेको बताएको छ ।

माल्दिभ्सका एक उच्च सरकारी अधिकारीले प्रहरीले मृतकको पहिचान गर्ने प्रयास गरिरहेको बताए । माल्दिभ्सको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले ट्वीट गर्दै मालेमा भएको आगलागी पीडितका लागि स्टेडियममा राहत र उद्धार केन्द्र स्थापना गरिएको जनाएको छ। पीडितलाई सहयोग गर्न हरसम्भव प्रयास भइरहेको छ ।

यो घटनापछि माल्दिभ्समा खराब अवस्थामा बस्ने विदेशी कामदारको मुद्दा फेरि चर्चामा आएको छ । माल्दिभ्सका राजनीतिक दलहरूले विदेशी कामदारहरू यहाँ दयनीय अवस्थामा बस्न बाध्य भएको बताएका छन्।

माल्दिभ्समा विदेशी कामदारको ठूलो जनसंख्या छ। अधिकांश कामदार भारत, बंगलादेश, नेपाल, पाकिस्तान र श्रीलंका देशका छन् । यी विदेशी कामदारको दयनीय अवस्थाको मामला पहिलो पटक कोरोनाको समयमा बाहिर आएको थियो । त्यतिबेला विदेशी कामदारमा स्थानीयभन्दा तीन गुणा छिटो कोरोना फैलिएको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update