Kath khabar
नयाँ पुस्ताको लागि नयाँ फोन, ग्यालेक्सी ए०४ बजारमा



             काठमाडौं, कात्तिक २४ । नयाँ पुस्ताका नयाँ मोबाइल फोन प्रयोगकर्ताहरूका लागि थप पहुँचयोग्य र आदर्श फोन, ग्यालेक्सी ए०४ले नेपाली बजारमा प्रवेश गरेको छ ।

सामसङले नेपाली बजारमा थप किफायती दायराको स्मार्टफोन, सामसङ ग्यालेक्सी ए०४ ल्याएको छ । ग्यालेक्सी ए०४ फोनले सो मूल्य दायरामा सामसुङ रिलिजहरूको लागि क्यामेराको गुणस्तरमा ठूलो सुधार ल्याउनुको साथै अपग्रेडहरू पनि ल्याएको छ, जसले यो नयाँ फोनलाई युवा प्रयोगकर्ताहरूको मझ एक आदर्श फोन बनाउँछ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भनेका छन्, “हामीले सामसङमा सधैं हाम्रा ग्राहकहरूलाई विश्वासको भावना दिन सक्ने विश्वसनीय उत्पादनहरू लिएर आएका छौं । यही ब्रान्ड पेडिग्रीको साथ हामीले नयाँ एन्ट्री–लेभल स्मार्टफोन ग्यालेक्सी ए०४ लन्च गर्दै छौं जसले तपाइँको सबै पलहरूलाई यसको उत्कृष्ट ५०एम पी क्यामेराबाट  क्याप्चर गर्दछ र  यसको ठूलो ज्वलन्त स्क्रिन र दलबी एत्मोसको उत्कृष्ट अडियोको सँग तपाईंलाई गुणस्तर कन्टेन्ट  खपतको अनुभव प्रदान गर्दछ ।“

नयाँ ग्यालेक्सी ए०४मा ५०एम पी क्यामेरा रहेको छ, जुन स्मार्टफोनको यो किफायती दायरामा उत्कृष्ट अपग्रेड रहेको छ । धेरै ग्राहकहरूको लागि पहुँचयोग्य फोनमा उच्च गुणस्तरको क्यामेरा भएको कारणले यस फोनबाट अझ धेरै प्रयोगकर्ताहरुले आफ्ना बहुमूल्य क्षणहरू र सम्झनाहरू खिच्न मौका पाउनेछन् । उच्च गुणस्तरको क्यामेराले प्रयोगकर्ताहरूलाई ती पलहरू र सम्झनाहरूलाई थप परिभाषित गर्ने मौका दिन्छ, प्रत्येक क्लिक र क्लिपहरूलाई थप डिटेल दिन्छ, जसले भविष्यमा गरेर हेर्दा त्यो पलहरूलाई अझ जीवित बनाउँछ ।

५००० एम ए एच इन-बक्स ब्याट्री भएको  १५ वाट फास्ट चार्जरले प्रयोगकर्ताहरूलाई उनीहरूको फोनसँग थप समय दिन्छ, जुन नयाँ युवा प्रयोगकर्ताहरू जसले आफ्नो फोनमा धेरै कुराहरू गर्छन, सञ्चारदेखि लिएर तिनीहरूको मोबाइल उपकरणहरू मार्फत काम गर्नसम्म गर्छन, यो उनीहरुको लागि निकै राम्रो कुरा हो ।

साथै, ६.५” फुल–स्क्रिन र डल्बी एटमसको आवाजको साथ, ग्यालेक्सी ए०४ले तपाईंलाई मन पर्ने सबै कार्यक्रम र चलचित्रहरूको आनन्द दिन्छ  उत्कृष्ट अनुभवको साथ । सामसङ ग्यालेक्सी ए०४ दुईता र्याम र स्टोरेज कन्फिगरेसनको साथ उपलब्ध छ। ४ जीबी +६४जीबी  भेरियन्टको मूल्य रु १६,९९९ र ३ जीबी +३२ जीबी भेरियन्टको मूल्य रु १४,९९९ रहेको छ । यो स्मार्टफोन कालो, कपर र हरियो गरी तीन रंगमा उपलब्ध छ  ।

सामसङको स्मार्टफोन रोस्टरमा ग्यालेक्सी ए०४ थपिएबाट कम्पनीले नेपाली बजारमा अर्को उत्कृष्ट बजेट फोन उपलब्ध गराउन सक्षम भएको छ, जसले सामसङले आफ्ना प्रयोगकर्ताहरूलाई किफायती मूल्यमा आकर्षक फिचरहरू ल्याउँछ, जसले यो फोनलाई युवा प्रयोगकर्ताहरूका लागि एक आदर्श उपकरण बनाउँछ ।


 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update