Kath khabar
झण्डै २४ अंकले घट्यो नेप्से, सबै सूचक रातै


               काठमाडौं, कात्तिक २४। साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से घटेको छ । आज नेप्से २३ दशमलव ५२ अंकले घटेर १८ सय ९३ दशमलव ७० अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ पनि चार दशमलव १७ अंकले घटेर तीन सय ७२ दशमलव ३७ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय २६ वटा कम्पनीहरूको २२ हजार तीन सय ९८ पटकको कारोबारमा ३१ लाख १४ हजार छ सय ८९ कित्ता शेयर किनबेच भएको छ। जसबाट आज कुल कारोबार रकम एक अर्ब ११ करोड ९४ लाख ६१ हजार चार सय ११ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये हाल मन्दाकिनी हाइड्रो पावर कम्पनी, सिन्धु विकास बैंक, सामुदायिक लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने अपरहेवा खोला हाइड्रो पावर कम्पनी, ग्रीन लाइफ हाइड्रो पावर लिमिटेड, सिटिजन्स म्युचुअल फण्ड २ आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update