Kath khabar
भारतलाई पराजित गर्दै इंग्ल्यान्ड आइसीसी टी-२० पुरुष क्रिकेट विश्वकपको फाइनलमा

         काठमाडौं, कात्तिक २४। इंग्ल्यान्ड आइसीसी टी-२० पुरुष क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

टी-२० विश्वकपको सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले पराजित गरेको हो । रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोलीले पहिले ब्याटिङ गर्दै सन्तोषजनक स्कोर बनाएको थियो ।

इंग्ल्याण्डका कप्तान जोस बटलरले टस जितेर पहिले बलिङ रोजेका थिए । इंग्ल्याण्डका बलरहरूले आफ्नो कप्तानको निर्णयलाई सही साबित गर्दै सुरुदेखि नै भारतीय ब्याट्सम्यानलाई दबाब दिएका थिए । भारतले अन्तिम ५ ओभरमा ६८ रन बनाएको थियो । यसरी भारतले १६८/६ रनको जवाफमा इंग्ल्याण्डलाई १६९ रनको चुनौती दिएको थियो ।

अब आइतबार विश्वकपको फाइनल हुनेछ, जसमा इंग्ल्याण्डले पाकिस्तानको सामना गर्नेछ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update