Kath khabar
कुमारी बैंक र दराजबिच ११.११ अभियानको लागि सम्झौता


          काठमाडौं, कात्तिक २५। कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रा.लि. बिच बैंकमा खाता रहेका ग्राहकहरूलाई दराजको ११.११ अभियानमा  छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना नोभेम्बर ११, २०२२ देखि लागू हुनेछ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट  डिजिटल बैङ्किङका प्रमुख श्री अनिष ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुँयालले हस्ताक्षर गर्नुभएको छ । कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकमा खाता रहेका ग्राहकहरूले माथि उल्लिखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र हुनेछ। कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update