Kath Khabar
बुढानिलकण्ठका एमाले नेता श्रेष्ठ कांग्रेस प्रवेश, ईश्वर पोखरेललाई ठूलो झड्का


           काठमाडौं, कात्तिक २५ । काठमाडौंको बुढानिलकण्ठ-३ का एमाले नेता प्रकाश श्रेष्ठ कांग्रेस गर्नुभएको हो । काठमाडौं-५ बाट प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार प्रदीप पौडेलले शुक्रबार श्रेष्ठसहित एक सय ५० बढी एमाले कार्यकर्तालाई पार्टी प्रवेश गराउनुभएको हो । युवा नेतृत्वबाट मात्रै परिवर्तन सम्भव भएकाले एमाले परित्याग गरेको उहाँले बताउनुभयो ।

एमालेले पुराना नेता बोकेर हिँडेको र कांग्रेसमा प्रदीप पौडेल, गगन थापा, विश्वप्रकाश शर्मा जस्ता नेता नेता भएकाले कांग्रेस प्रवेश गरेको उहाँको भनाइ छ । श्रेष्ठ शुक्रबारदेखि नै पौडेलको प्रचारमा हिड्न थाल्नु भएको छ । पहिले ईश्वर पोखरेललाई आफूहरूले जिताएपछि निर्वाचन क्षेत्रको विकास गर्न नसकेकाले जनतामा निराशा रहेको श्रेष्ठले बताए । धेरै एमाले कार्यकर्ता प्रदीपको पक्षमा खुलिरहेको श्रेष्ठले बताउनुभयो । यसले इश्वर पोखरेललाई ठूलो झड्का लागेको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा प्रदीपको माहोल राम्रो बनेपछि ईश्वर पोखरेल निराश बनेको स्थानीय रुपेश घिमिरेले बताउनुभयो ।  


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update