चर्चित टिभी अभिनेता सिद्धान्तको जिममा कसरत गर्ने क्रममा हृदयघातका कारण निधन
नयाँ दिल्ली, कात्तिक २५ । भारतिय चर्चित टिभि अभिनेता सिद्धान्त वीर सूर्यवंशीको जिममा कसरत गर्ने क्रममा हृदयघातका कारण निधन भएको छ ।
एक रिपोर्टका अनुसार सिद्धान्त आज जिममा कसरत गर्ने क्रममा अचानक लडेका थिए । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
४६ वर्षिया सिद्धान्तले आफ्नो अभिनय करियरमा ‘सुफियाना इश्क मेरा’, ‘जिद्दी दिल माने ना’, ‘वारिस’, ‘सात फेरेः सलोनी का सफर’, कुसुम र ‘कसौटी जिंदगी की’ जस्ता धेरै लोकप्रिय टिभी शो गरेका छन्। उनी अन्तिम पटक जी टिभीको शो 'किन रिश्ता मे कट्टी बत्ती' मा सानो पर्दामा देखिएका थिए।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९ १९:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय