स्वयम्भुमा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं, कात्तिक २६ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
गिरीले ती बालिकालाई ललाई फकाई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्तुपा जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९ २०:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय