Kath khabar
जावलाखेलको ‘लभ्ली होम चाइल्ड केयर'मा ११ महिने बालकको मृत्यु


            ललितपुर, कात्तिक २७ । ललितपुरको जावलखेलस्थित लभ्ली होम चाइल्ड केयर एण्ड किन्डर गार्डेनमा १ बालकको मृत्यु भएको छ । कात्तिक २३ मा घरबाट चाइल्ड केयरको गाडीमा पठाएका अभिभावकलाई अचानक बालक बिरामी भएको खबर स्कुलले गरेको थियो ।

रामेछापको दोरम्बा सैलुङ गाउँपालिका घर भई ललितपुर-१५ खुमलटार बस्ने ११ महिनाका याङमिन मगरलाई सुरुमा अल्का अस्पतालमा उपचार गराएर त्यहाँबाट अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा रिफर गरिएको र बालकको मृत्यु भएको दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर-४ का पूर्व वडाध्यक्ष टलक मगरले बताउनु भयो ।

बालकको टाउकोमा चोट लागेको र स्कुलको लापरवाहीले मृत्यु भएको भन्दै पूर्व अध्यक्ष मगरले घटना अनुसन्धान गर्न माग गरेका छन् । ‘हामीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका छौं,’ ‘घटना अनुसन्धान गरेर आरोपीलाई कानुनी दायरामा ल्याउनुपर्छ, ’ मगरले भन्नुभयो । अभिभावकले बालकलाई २०७९ कात्तिक १७ मा लभ्ली होम चाइल्ड केयरमा भर्ना गरेका थिए । बालकलाई अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल महाराजगन्जले बिहीबार मृत घोषणा गरेको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलका अनुसार पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको बताउनु भयो ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update