Kath khabar
पछिल्लो ३ महिनामा ५८ करोडको टेलिभिजन सेट र २९ करोडको क्यामरा नेपाल भित्रिए


              काठमाडौं, कात्तिक २७ ।  चालु आर्थिक वर्ष २०७९-८० को पहिलो ३ महिनामा विभिन्न देशबाट नेपालमा ५८ करोड रुपैयाँभन्दा बढीको टेलिभिजन सेट भित्रिएको छ।

सोही अवधिमा पौने ३० करोड रुपैयाँको विभिन्न प्रकारका क्यामरा पनि नेपाल भित्रिएको छ। २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मुल्य बराबरको टेलिभिजन सेट र क्यामरना नेपाल भित्रिएका हुन् ।

भन्सार विभागका अनुसार पछिल्लो ३ महिनामा ५८ करोड ३ लाख ४३ हजार रुपैयाँको ३३ हजार ८२२ वटा टेलिभिजन सेट नेपालले आयात गरेको छ।  सोही समयमा २९ करोड ७९  लाख ८७ हजार रुपैयाँको ८९ हजार २११ वटा विभिन्न प्रकारका क्यामरा नेपाल भित्रिएको विभागले जनाएको छ।

गत आर्थिक वर्ष २०७८-७९ को पहिलो ३ महिनामा नेपालले ८९ करोड ९ लाख ३२ हजार रुपैयाँको १ लाख ९३ हजार ५८ वटा टेलिभिजन सेट र ४७ करोड २८ लाख १५ हजार रुपैयाँको ७८ हजार ४९९ वटा विभिन्न प्रकारका क्यामरा आयात गरेको थियो।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update