Kath khabar
ट्रु केयर इन्टरप्राइजेजद्वारा नेपालको पहिलो अन्तर्राष्ट्रिय शैलीको फार्मेसी र सौन्दर्य स्टोर उद्घाटन



               ललितपुर, कात्तिक २७ । ललितपुरको एकान्तकुनामा नेपालकै पहिलो अन्तराष्ट्रिय शैलीको औषधी तथा सौन्दर्य स्टोर, ट्रु केयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा आएको छ ।

शनिबार विभिन्न आमन्त्रित अतिथिहरूको उपस्थितिमा सो स्टोरको उद्घाटन एक भव्य समारोहका बिच भएको थियो । स्टोरको उद्घाटन नेपालकी अग्रगामी मेकअप आर्टिस्ट स्नेह राणाले गर्नुभएको थियो ।

ट्रु केयर फार्मेसी र ब्युटी स्टोर नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको फार्मेसी हो। औषधि र औषधि-जन्य उत्पादनहरूका साथै, यस स्टोरमा सु-प्रसिद्ध स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सौन्दर्य, स्वास्थ्य, फिटनेस र वेलनेस उत्पादनहरू ग्राहकहरूले एउटै छाना मुनि पाउनेछन् ।

समारोहमा आयोजित छोटो प्रेस साक्षात्कार कार्यक्रममा ट् रुकेयरका प्रमुख कार्यकारी अधिकृत, शाश्वत बज्राचार्यले “ट्रु केयर फार्मेसी र ब्युटी स्टोरले ग्राहकहरुको अनुभवलाई उच्च प्राथमिकतामा राख्ने” बताउनु भएको छ । साथै उहाँले भन्नुभयो –” हामी नेपालीहरूले पनि अन्तराष्ट्रिय स्तरको फार्मेसी र वेलनेस स्टोरमा सपिङ गर्न पाउनुपर्छ र नेपालमा पनि उच्च स्तरको सेवा र विश्वस्तरका उत्पादन र अनुभव प्रदान गर्न सकिन्छ भन्ने मुख्य अभिप्रायः राखेर यो ट्रु केयर फार्मेसी र ब्युटी स्टोर खोलिएको हो । ”

छिट्टै रिटेल आउटलेटहरूको संख्या बढाउने योजना बनाएका, बज्राचार्य नेपालको स्वास्थ्य र वेलनेस क्षेत्रमा भइरहेको प्रगति र विकास देखेर उत्साहित छन् । उनी भन्छन्, “ग्राहकहरूलाई यो फरक र नयाँ अनुभव हुनेछ किनभने हामी उहाँहरूलाई साँच्चिकै विश्वस्तरको सेवा प्रदान गर्न चाहन्छौँ । त्यसैले हामीले हाम्रो स्टोरको नाम ट्रु केयर (साँचो सेवा) राखेका छौं ।

ट्रु केयर फार्मेसी र ब्युटी स्टोर जावलाखेल–एकान्तकुनामा, स्विस दूतावासको छेउमा रहेको छ र हप्ताको सातै दिन खुला रहने छ ।


 

 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update