खेलकुद
टी-२० विश्व कप : इङ्ग्ल्यान्डलाई उपाधि जित्न १ सय ३८ रनको लक्ष्य
टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनायो
काठमाडौं, कात्तिक २७ । आईसीसी टी-२० विश्व कपको फाइनल खेलमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई १ सय ३८ रनको लक्ष्य दिएको छ । मेलबर्नमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनायो ।
उसका लागि शन मसुदले ३८ र बाबर आजमले ३२ रन बनाए । बलिङतर्फ साम करनले ३ तथा आदिल रशिद र क्रिस जोर्डनले २-२ विकेट लिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९ १५:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय