Kath khabar
भारतीय अर्बपति मुकेश अम्बानी लिभरपुल किन्ने होडमा


                काठमाडौं, कात्तिक २८ ।  भारतीय अर्बपति मुकेश अम्बानी विश्व चर्तित इंग्लिस क्लब लिभरपुल किन्ने होडमा देखिएका छन् । इंग्लिस सञ्चारमाध्यम ‘द मिरर’का अनुसार मुकेश अम्बानीले लिभरपुल किन्ने इच्छा देखाएका हुन् ।

प्रिमियर लिग महारथी क्लबका हालका मालिक फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी) ले लिभरपुललाई बिक्रीमा राखेपछि क्लब किन्ने होडमा अम्बानी पनि अघि सरेका हुन् ।

एफएसजीले सन् २०१० मा लिभरपुल खरिद गरेको थियो । मिररका अनुसार एफएसजीले लिभरपुलको बिक्री मूल्य ४ बिलियन युरो राखेको छ ।

रिलायन्स इन्ड्रस्टिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक समेत रहेका अम्बानी फोर्ब्सको सूचीमा विश्वकै सबैभन्दा धनीमा आठौं स्थानमा छन् । उनको सम्पत्ती करिब ९० बिलियन छ । यसबारेमा रिलायन्स कम्पनीले केही सार्वजनिक गरिसकेको छैन ।

लिभरपुलको मालिक कम्पनी एफएसजीले विज्ञप्ती जारी गर्दै तेस्रो पक्षबाट मालिक बन्ने चासोका प्रस्तावहरु आइरहेको जनाएको छ ।

अम्बानीको कम्पनी रिलायन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सको मालिक हो । यसले भारतीय फुटबल महासंघ (एआईएफएफ)सँग मिलेर इन्डियन सुपर लिग पनि सञ्चालन गरिरहेको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update