चुनाव
तोसिमा कार्कीको उम्मेदवारी कायमै राख्नू : सर्वोच्च अदालत
निर्वाचन आयोगले दिएको भ्याकेट निवेदनको सुनुवाइ गर्दै न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो
काठमाडौं, कात्तिक २८ । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायमै रहने आदेशलाई निरन्तरता दिएको छ ।
निर्वाचन आयोगले दिएको भ्याकेट निवेदनको सुनुवाइ गर्दै न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो । कार्कीले सरकारी लाभको पद हुँदा हुँदै उम्मेदवारी दिएको भन्दै निर्वाचन आयोगले उहाँको उम्मेदवारी खारेज गरेको घोषणा गरेको थियो ।
आयोगको निर्णयविरुद्ध कार्कीले निवेदन दिएपछि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश दिएको थियो । तर यो आदेशको खारेजीको माग गरेर आयोगले भ्याकेट निवेदन दिएको थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९ १५:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय