Kath khabar
वृत्तचित्र ’कुन हो मेरो देश’ सार्वजनिक



              काठमाडौं, कात्तिक २९ । भुटान सरकारले निर्वासित गरेका एक  सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ’कुन हो मेरो देश’ सार्वजनिक भएको छ ।  यो  वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व  क्याप्टेन  बुद्ध बिर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ ।

क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरे र सबैकुरा दिए तर अन्त्यमा कसरी तत्कालीन भुटान सरकारले  उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य उद्घाटन स्वयम् क्याप्टेन  सुब्बा र उनका परिवारजनले यस वृत्तचित्र मार्फत  गरेका छन् ।

फ्याम्ली प्रोडक्शनका निर्माणमा तयार पारिएको यस वृत्तचित्र नेपालीभाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहने जोकोहीले एकपटक हेर्नुपर्ने हुन्छ ।  बि. एम खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवम् संचारकर्मी रविन शर्माको न्यारेसन रहेको छ।

कमल राईको  छायांकन र सम्पादन रहेको यस वृत्तचित्रलाई राजु सुब्बाको परिकल्पनामा तयार पारिएको हो । असल टिभी नामक युट्युव च्यानल मार्फत वृत्तचित्र सार्वजनिक गरिएको हो । वृत्तचित्र अंग्रेजी र नेपाली भर्सनमा सार्वजनिक गरिएको छ ।

भिडियो लिंक :
https://youtu.be/cIjADpF3wB0

 


 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update