Kath khabar
जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको गोदावरीबाट दुई जना पक्राउ


             ललितपुर, कात्तिक २९। १० वर्षीया र ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update