अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गयो, २ जना घाइते
युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको थियो
भर्जिनिया, कात्तिक २९। अमेरिकाको भर्जिनियामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गएको छ । युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको हो । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको थियो ।
ज्यान गुमाउनेमा विद्यार्थी डेभिन चन्डलर, डिसेन पेरी र रिच हिल रहेका छन् । घटनामा अरु २ जना घाइते भएका छन् । गोली चलाएको आरोपमा १ जना पक्राउ परेका र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
भर्जिनिया विश्वविद्यालय देशको सबैभन्दा प्रतिष्ठित मध्ये एक मानिन्छ । साथै अमेरिकाका सार्वजनिक विश्वविद्यालयमध्ये तेस्रो स्थानमा छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९ १४:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय